तनहुँमा अवैध काठसहित दुई जना पक्राउ
gorkhapatraonline.com · Fri May 22 01:40:07 GMT 2026

तनहुँको म्याग्दे गाउँपालिकाबाट प्रहरीले अवैध रुपमा राखिएको सालको काठसहित दुई जनालाई पक्राउ गरेको छ । म्याग्दे गाउँपालिका–३ काभ्रेटार, कामिटार निवासी ४५ वर्षीय चेत बहादुर चदारो र सोही स्थानका ३८ वर्षीय मिलन चदारो रहनुभएको छ । उहाँहरूलाई विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
मिलन चदारोको घर छेउमा अवैध काठ लुकाई छिपाई राखेको भन्ने गोप्य सूचना पाएपछि प्रहरी चौकी थर्पुबाट प्रहरी टोली खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
नेपाल प्रहरी