साउदी पुगेको साढे तीन वर्षपछि रोनाल्डोले उचाले प्रो लिगको उपाधि
nepalviews.com · Fri May 22 01:41:46 GMT 2026
एजेन्सी । क्रिस्टियानो रोनाल्डोले साउदी अरब पुगेको साढे तीन वर्षपछि अन्ततः साउदी प्रो लिगको उपाधि चुमेका छन्। सन् २०२२ को डिसेम्बरमा म्यानचेस्टर युनाइटेड छाडेर अल-नासरसँग आबद्ध भएका ४१ वर्षीय यी पोर्चुगिज स्टारका लागि यो बहुप्रतिक्षित सफलता हो।
लामो समयसम्म ठुला घरेलु उपाधि जित्न नसक्दा रोनाल्डोमाथि विभिन्न प्रश्न उठ्दै आएका थिए। तर, बिहीबार राति सिजनको अन्तिम खेलमा डामकमाथि ४–१ को सानदार जित दर्ता गर्दै अल-नासरले च्याम्पियन बन्ने गौरव प्राप्त गर्यो। यससँगै अल-नासरले अल-हिलाललाई पछि पार्दै सन् २०१९ यताकै पहिलो लिग उपाधि आफ्नो पोल्टामा पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)