लुम्बिनीमा ४ मन्त्रालयको बजेटमाथि समूहगत छलफल सकियो
shilapatra.com · Mon Jul 06 06:46:00 GMT 2026

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत १३औँ बैठक सोमबार बिहान सम्पन्न भएको छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकअन्तर्गत चार मन्त्रालयका विनियोजन शीर्षकमाथि समूहगत छलफल भएको हो ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालय, शहरी विकास तथा खानेपानी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकहरूमाथि दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले धारणा राखेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)