मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेदरल्यान्ड्सलाई १–० को अग्रता

ratopati.com · Sun Jun 14 21:14:25 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा नेदरल्यान्ड्सले जापान विरुद्ध सुरुवाती अग्रता लिएको छ । अमेरिकाको डल्लास स्टेडियममा जारी खेलको ५०औं मिनेटमा डिफेन्डर भर्जिल भान डाइकले गोल गर्दै नेदरल्यान्ड्सलाई १–० को अग्रता दिलाएका हुन् ।

भान डाइकको यस गोलका लागि रायन ग्रेभनबर्चले सटिक पास उपलब्ध गराएका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ सुरु भएको पाँचौं मिनेटमै नेदरल्यान्ड्सले डेडलक तोड्न सफल भएको छ । हाल मैदानमा नेदरल्यान्ड्स १-० ले अघि रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय