मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नाकामुराको गोलमा जापानले खेललाई बराबरीमा ल्यायो

ratopati.com · Sun Jun 14 21:18:31 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत नेदरल्याण्ड्स र जापानबीच जारी प्रतिस्पर्धामा जापानले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएको छ। खेलको ५७औं मिनेटमा मिडफिल्डर केइतो नाकामुराले गोल गरेपछि खेल १(१ को रोमाञ्चक स्थितिमा पुगेको हो।

नाकामुराको यस गोलका लागि ताकेफुसा कुबोले उत्कृष्ट पास उपलब्ध गराएका थिए। ५०औं मिनेटमा भर्जिल भान डाइकको गोलबाट पछि परेको जापानले मात्र ७ मिनेटपछि नै बराबरी गोल फर्काउन सफल भएको हो। हाल मैदानमा दुवै टोली १(१ को बराबरीमा छन् र प्रतिस्पर्धा निकै कडा देखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)