पदको सदुपयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
barnanmedia.com · Sun Jul 21 23:08:15 UTC 2024

प्रधानमन्त्री केपी शर्मा ओलीले पदको उचित सदुपयोग गर्ने बताउनुभएको छ । आज प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि सामाजिक सञ्जालमा सबैलाई धन्यवाद दिँदै उहाँले आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म पदकाे सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
‘‘संसद्ले प्रधानमन्त्री पदमा विश्वासको मत दिएको छ, यसलाई आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्नेछु, प्रतिनिधिसभाका सबै माननीय सदस्यज्यूहरूलाई धन्यवाद”, उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)