डा. लेख्नेमाथि मेडिकल काउन्सिलको नजर, अब भकाभक कारबाही गरिने
corporatenepal.com · Fri May 22 01:45:32 GMT 2026

काठमाडौं । नेपाल मेडिकल काउन्सिल ले “डा.” उपाधिको गैरकानुनी प्रयोग तथा भ्रामक चिकित्सा प्रचारप्रसारविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ । बिहीबार जारी गरिएको अत्यावश्यक सूचनामार्फत काउन्सिलले चिकित्सक नभएका व्यक्तिले “डाक्टर” उपाधि प्रयोग गरे कानुनी कारबाही गरिने स्पष्ट पारेको हो ।
काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेले जारी गरेको सूचनामा नेपाल मेडिकल काउन्सिल वा सम्बन्धित स्वास्थ्य परिषद्मा विधिवत् दर्ता भई चिकित्सकको मान्यता प्राप्त गरेका व्यक्तिबाहेक अन्य कसैले पनि नामअघि “डा.” लेख्न नपाउने उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)