रेड कार्ड पाएर पनि अर्को खेल खेल्न पाएका अमेरिकी खेलाडी बालोगुन, जो पहिले बेलायती खेलाडी थिए
shilapatra.com · Mon Jul 06 06:55:00 GMT 2026
अमेरिका पनि आयोजक रहेको फिफा विश्वकप २०२६ को खेलमैदानमा देखिँदैनन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । तर, उनले पर्दापछाडि देखिने भूमिका खेलेको अमेरिकी अखबार न्यु योर्क टाइम्स र बेलायती अखबार गार्डियनले उल्लेख गरेका छन् ।
त्यसको पछिल्लो उदाहरणको हो रेड कार्ड खाएर पनि फेरि खेल्न पाउने सुविधा पाएका अमेरिकी खेलाडी फोलारिन बालोगुन । २० नम्बरे जर्सीका बालोगुनले सोमबारको खेलमा बोस्निया एन्ड हर्जगोभिनासँग खेल्दा फाउल गरेर रेड कार्ड पाए । तर, फिफाले यसअगाडि प्रयोग गर्दै नगरेको नियम ल्याउँदै उनलाई खेल्न दिने भएको छ । त्यसमा राष्ट्रपति ट्रम्पले दबाब दिएको सार्वजनिक भइसकेको छ । फिफाका अध्यक्षलाई फोन गरेर ट्रम्पले खेल्न दिन दबाब दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)