मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेदरल्यान्ड्स पुनः अघि, जापान विरुद्ध २-१ को रोमाञ्चक अग्रता

ratopati.com · Sun Jun 14 21:25:06 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ुएफु को खेल निकै रोमाञ्चक मोडमा पुगेको छ। जापानले खेल बराबरीमा ल्याएको केही मिनेटमै नेदरल्याण्ड्सले पुनः अग्रता लिन सफल भएको छ।

अमेरिकाको डल्लास स्टेडियममा जारी खेलको ६४औं मिनेटमा स्ट्राइकर क्राइसेन्सियो समरभिलले उत्कृष्ट गोल गर्दै नेदरल्याण्ड्सलाई २(१ को स्थितिमा पुर्‍याएका हुन्। यसअघि ५७औं मिनेटमा जापानले बराबरी गोल फर्काए पनि नेदरल्याण्ड्सले सात मिनेटभित्रै फेरि अग्रता बनाएको हो। हाल मैदानमा नेदरल्याण्ड्स २(१ ले अघि रहेको छ र खेल निकै प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय