मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोरोना भाइरस : अमेरिकामा १५ दिनमा सङ्क्रमण ४२ प्रतिशत घट्यो, चीनले विदेशमा रहेका आफ्ना नागरिकलाई खोप लगाउँदै

Ujyaaloonline.com · Sat Jun 12 00:32:13 GMT 2021

काठमाण्डाै - अमेरिकामा कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या पछिल्लो दुई हप्तामा ४२ प्रतिशत कम भएको छ । दुई हप्ताको अवधिमा कोरोना सङ्क्रमणका कारण हुने मृत्युदर २२ प्रतिशतले घटेको समाचारसंस्था एपीले जनाएको छ । खोप लगाउनेको सङ्ख्या बढेसँगै कोरोना सङ्क्रमण र मृत्युदर दुवै कम भएको हो ।

अमेरिकामा ४२ दशमलव ६ प्रतिशत मानिसले पूर्ण अर्थात दुवै मात्रा खोप लगाइसकेका छन् । झण्डै ५२ प्रतिशत मानिसले खोपको पहिलो मात्रा लगाएका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा १४ हजार दुई सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन सय ९४ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)