रगतको खोजी अब सहज, स्वास्थ्य मन्त्रालयले सुरु गर्यो रक्त सूचना पोर्टल
ictsamachar.com

काठमाडौं । बिरामीका आफन्तले आवश्यक रगतको खोजीमा अस्पताल–अस्पताल धाउनुपर्ने झन्झट अब कम हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालनमा ल्याएको नि:शुल्क स्वास्थ्य पोर्टलमा रक्त सञ्चार सेवासम्बन्धी जानकारी समेटिएपछि उपत्यकाभित्र उपलब्ध रगतको विवरण घरमै बसेर हेर्न सकिने व्यवस्था गरिएको हो ।
यस प्रणालीमार्फत सेवाग्राहीले आफूलाई आवश्यक रक्त समूह र त्यससँग सम्बन्धित रक्त घटक कुन अस्पतालमा कति परिमाणमा उपलब्ध छ भन्ने जानकारी तत्काल प्राप्त गर्न सक्नेछन् । यसले आकस्मिक अवस्थामा रगत खोज्न लाग्ने समय र सास्ती दुवै घटाउने विश्वास गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)
काठमाडौँ