मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विदेश पठाउने नाममा साढे १७ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

baahrakhari.com · Tue Nov 26 17:32:51 GMT 2024

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देशमा पठाइदिने नाममा १७ लाख ४५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मकनवानपुर बकैया गाउँपालिका–५ का ३९ वर्षीय सुवर्णकुमार बल र सर्लाही ब्रम्हपुरी गाउँपालिका–३ की २८ वर्षीया मनिषा कुमारी छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, उनीहरूले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेपछि विदेश नपठाई सम्पर्कविहीन हुने गरेको पाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)