भरुवा बन्दुक र छर्रासहित दुई जना पक्राउ
gorkhapatraonline.com · Fri May 22 02:01:05 GMT 2026

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मर्चाघोलाबाट हरीले एक नाले भरुवा बन्दुक र विस्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दघाट नगरपालिका–४ शिवशक्ति टोलका ४३ वर्षीय विजय पौडेल र सोही ठाउँ चिसापानीका ५० वर्षीय बखत राना रहनुभएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पौडेलले घर अगाडि बन्दुक पड्काएर साथीसँग जङ्गलतर्फ गएको भन्ने स्थानीयको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो । सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी सहायक निरीक्षक जनार्धन यादव र इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षक कृष्ण डाँगीको कमान्डमा ११ सदस्यीय संयुक्त टोली घटनास्थल पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
नेपाल प्रहरी