मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्टको अवितरित हकप्रद शेयर बाँडफाँट

abhiyandaily.com

असार ३१, काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले बोलपत्रद्वारा निष्कासन गरेको संस्थापक समूहतर्फको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले शुक्रवार एक सूचना जारी गर्दै असार २४ गते उक्त हकप्रद शेयर बाँडफाँट गरेको जानकारी गराएको हो ।

बाँडफाँटमा नपरेको शेयर बापतको रकम आवेदन फारममा उल्लेख गरेको खाता नम्बरमा साउन १ गतेदेखि जम्मा गरिने विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)