एमाले महासचिव पोखरेल लण्डनमा
nagariknews.nagariknetwork.com · Fri Jun 13 04:07:06 GMT 2025

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव तथा पूर्वमुख्यमन्त्री शङ्कर पोखरेल प्रवासी नेपाली मञ्च बेलायतको अधिवेशनमा सहभागी हुन लण्डन आइपुगेका छन्।
पोखरेलको स्वागतका लागि बिहीबार साँझ लण्डन विमानस्थलमा बेलायतका लागि नेपाली राजदूत चन्द्र घिमिरे, प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष टुंगा भुसाल लगायतको टोली उपस्थित थियो।
प्रवासी नेपाली मञ्च बेलायतको अधिवेशन आगामी आइतबार (१६ जून) लेस्टरमा सम्पन्न हुने कार्यक्रम तय भएको छ। बेलायत बसाइँका क्रममा महासचिव पोखरेलले यहाँस्थित नेपाली समुदायका प्रतिनिधिहरू, कूटनीतिक नियोगका पदाधिकारीहरूसँग भेटघाट तथा संवाद गर्ने कार्यक्रम पनि तय भएको छ।
उनको सम्मानमा लण्डनस्थित नेपाली राजदूतावासले विशेष स्वागत तथा सम्मान कार्यक्रम आयोजना गर्नेछ।
उक्त अधिवेशनमा सहभागी हुन एमाले पार्टीका ब्यूरो सदस्य सुजिता शाक्य, प्रवासी नेपाली मञ्च युरोप–अमेरिका इन्चार्ज तथा केन्द्रीय सदस्य घनश्याम पाण्डे पनि बेलायत आइपुगेका छन्।
महासचिव पोखरेल बेलायतको भ्रमणपछि कतारमा आयोजना हुने एमालेको प्रवासी कमिटीका विभिन्न कार्यक्रमहरूमा सहभागी हुने छन्। त्यसपछि आगामी असार ८ गते (२०२५ जून २२) नेपाल फर्कने तालिका तय भएको छ।
यसैबीच, अन्तर्राष्ट्रिय प्रवासी नेपाली मञ्चका अध्यक्ष संजय थापा पनि अधिवेशनमा भाग लिन अमेरिकाबाट बेलायत आएका छन्।
Follow @nagarik_news
#Shankar Pokhrel
#NagarikNews
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)