ट्रान्सफर्मर जलेपछि नारायणगढ–भरतपुरमा विद्युत् ठप्प
ekantipur.com · Wed Nov 03 01:07:04 GMT 2021
चितवन — ट्रान्सफर जलेपछि चितवन सदरमुकाम भरतपुर र जिल्लाकाे मुख्य व्यावसायिक बजार क्षेत्र नारायणगढमा मंगलबार दिउँसाेदेखि नै बिजुली छैन । आज (बुधबार) साँझसम्म बत्ति आउन सक्ने सम्भावना रहेकाे नेपाल विद्युत् प्राधिकरण भरतपुर शाखाले जानकारी दिएकाे छ ।
प्राधिकरणका इन्जिनियर राजेन्द्र पाैडेलका अनुसार भरतपुरका सब स्टेशनका दुई ट्रान्सफर्मरमध्ये अघिल्लाे हप्ता एउटा जलेकाे थियाे । मंगलबार अर्काे पनि जलेर बिग्रेकाे र काम नलाग्ने भएकाे इन्जिनियर पाैडेले बताए । जसले गर्दा भरतपुर महानगरपालिका वडा नम्बर१, २, ३, ४, ५, ७ , ८, ९, १०, ११ र १२ मा बिजुली छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)