नेप्सेका सीईओ चापागाईंले दिए राजीनामा
ratopati.com · Mon Jul 06 07:30:15 GMT 2026

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन् ।
सीईओ चापागाईले सोमवार बिहान अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसमक्ष राजीनामा बुझाएका हुन् । आफ्नो कार्यकाल पूरा हुनुअघि नै चापागाईंले पदबाट राजीनामा दिएका छन् । उनले बिहान अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री समक्ष राजीनामा बुझाएको रातोपाटीलाई जानकारी दिए । उनले सरकारको दबाब र अन्य कुनै विषय नभई आफ्नो व्यक्तिगत कारणले राजीनामा दिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)