मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसको बटमलाइनमा लचक भए प्रधानमन्त्री ओली, गठबन्धनको तिक्तता हट्यो

barnanmedia.com · Tue Nov 26 21:53:14 GMT 2024

सत्तारुढ दल कांग्रेस र एमालेबीचको सम्भावित फाटो तत्कालका लागि अन्त्य भएको छ।

चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटभ (बिआरआई)लाई अगाडि बढाउने तयारी गरेका थिए। ओली आगामी मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन्। तर, सत्तारुढ दल कांग्रेसले बिआरआई परियोजना ऋणका रुपमा लिनै नसकिने बरु अनुदान स्वीकार गर्न सकिने अडान कायमै राखेपछि दुबै दलबीच तिक्तता बढेको थियो। प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक नै स्थगित गरेर कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्नुपर्ने स्थिति आएपछि राजनीतिक बजारमा हल्ला चल्न थालेको थियो, कांग्रेस र एमाले बीचको गठबन्धन पनि बिआरआईलाई नै लिएर विभाजन हुने भयो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)