मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

पाठेघर खस्ने समस्या भएका १९ जनाको निःशुल्क शल्यक्रिया

barnanmedia.com · Tue Nov 26 22:18:10 GMT 2024

काठमाडौँ, १२ मङ्सिरः केपिलासगढी गाउँपालिकाका १९ जना पाठेघर (आङ) खस्ने समस्या भएका महिलाको निःशुल्क शल्यक्रिया गरिएको छ । गाउँपालिकाको पहल तथा समन्वयमा काभ्रेको बनेपास्थित शीर मेमोरियल अस्पताल पठाइएका पाठेघरसम्बन्धी रोगले समस्याग्रस्त ३२ जना महिलामध्ये १९ जनाको निःशुल्क शल्यक्रिया गरिएको हो ।

पाठेघर खस्ने समस्याबाट लामो समयदेखि ग्रसितको निःशुल्क उपचार गराउने उद्देश्यले गाउँपालिकाका तर्फबाट अस्पताल पठाइएको गाउँपालिका प्रमुख समिर राईले जानकारी दिनुभयो । “पाठेघर खस्ने समस्या भएका महिलाको उपचारका लागि सामुदायिक सेवा प्रतिष्ठान नेपालले आर्थिक सहयोग गरेको छ । शीर मेमोरियल अस्पतालले प्राविधिक सहयोग निःशुल्क रुपमा गरेको छ”, उहाँले भन्नुभयो, “शल्यक्रिया गरिएकाहरुका लागि अस्पतालका विशेषज्ञ डाक्टरहरुसँगै गाउँपालिकाबाट पठाइएका चार जना स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी र हेरचाहमा उपचार भइरहेको छ । उनीहरुका लागि कुरुवाको व्यवस्था गरिएको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)