सल्यानमा निःशुल्क पिपिआर खोप अभियान सञ्चालन
gorkhapatraonline.com · Fri May 22 02:27:37 GMT 2026

सल्यानमा भेडाबाख्रामा लाग्ने संक्रामक पिपिआर रोग नियन्त्रणका लागि निःशुल्क खोप अभियान सञ्चालन गरिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जिल्लाका १० वटै स्थानीय तहमा अभियान सुरु गरेको हो ।
पशुचौपायामा विभिन्न संक्रामक रोगको जोखिम बढ्दै गएपछि रोग नियन्त्रण तथा किसानको क्षति न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ । अभियानअन्तर्गत जिल्लाभर करिब दुई लाख ५० हजार भेडाबाख्रालाई पिपिआरविरुद्धको निःशुल्क खोप लगाइने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
लम्पी स्किन