खरिपाटीबाट दृष्टिविहीन नयनकुमारीको बालेनलाई बिन्ती- ‘हामीलाई अब धेरै दु:ख नदिनु, छिटो व्यवस्थापन गर्नू’
ukeraa.com

भक्तपुर : भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा स्थापना गरिएको होल्डिङ सेन्टरमा ३५ वर्षीया नयनकुमारी साफी विगत २१ दिनदेखि नयाँ वातावरणमा अभ्यस्त हुने संघर्षमा छिन्। जन्मजात दृष्टिविहीन उनलाई गत वैशाख १८ गते बल्खुस्थित सुकुमबासी बस्तीको छाप्रो भत्काएर सरकारले यहाँ ल्याएको हो।
विगत १२ वर्षदेखि काठमाडौंको बल्खु क्षेत्रमा मात्रै सीमित रहेकी नयनकुमारी एक्कासि अपरिचित र टाढाको ठाउँमा आइपुग्दा अक्कनबक्क परेकी छन्। आँखा देख्न नसक्ने भएकाले उनलाई नयाँ ठाउँ ठम्याउन निकै सकस भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)