नेप्से नेतृत्वविहीन: सीईओ चापागाईंले दिए राजीनामा, अध्यक्ष पनि दुई महिनादेखि रिक्त
corporatenepal.com · Mon Jul 06 07:40:20 GMT 2026

काठमाडौं । अन्ततः नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ चूडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन् । नयाँ सरकार गठनसँगै गत वैशाख १४ गते नेप्सेका अध्यक्ष हेमन्त बस्यालले राजीनामा दिएका थिए । त्यसको दुई महिना पछि सीईओ चापागाईंले पनि राजीनामा दिएका हुन् ।
उनले व्यक्तिगत कारण देखाएर राजीनामा दिएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका एक अधिकारीले बताए । चापागाईं २०८१ चैत १९ गते नेप्सेको सीईओ नियुक्त भएका थिए । उनको कार्यकाल २०८५ चैत १८ गतेसम्म थियो । तर, कार्यकाल बाँकी हुँदै उनले राजीनामा दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ
स्वर्णिम वाग्ले