१५ महिनामै किन राजीनामा दिए नेप्सेका सीईओ चापागाईले ? यस्तो छ कारण
arthasansar.com

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईंले सोमबार पदबाट राजीनामा दिए । उनले सोमबार नै अर्थमन्त्रालय पुगेर राजीनामा बुझाएका हुन् ।
उनले आफूले अर्थमन्त्रीलाई भेटेर राजीनामा पत्र बुझाएको बताए । २०८१ साल चैत १९ गते सीईओ नियुक्त भएका चापाइले १५ महिनामा नै राजनीनामा दिएर नेप्सेबाट बाहिरिने निर्णय गरेका हुन् । राजीनामा दिनुको कारण बारे अर्थसंसारसँग कुरा गर्दै चापागाईले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् । ‘मैले व्यक्तिगत कारणले मात्रै राजीनामा दिएको हुँ । सरकारको पूर्ण साथ थियो,’ उनले भने । नेप्सेमा बस्दा क्षमना अभिवृद्धि नहुने भएकाले पनि राजीनामा दिएको उनी निकटहरुले बताउने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)