मनास्लु क्षेत्रमा वन्यजन्तु पहिचान गर्न १८ ट्रयाप क्यामेरा जडान
gorkhapatraonline.com · Fri May 22 02:43:46 GMT 2026

मनास्लु संरक्षण क्षेत्रअन्तर्गत पर्ने उत्तरी गोरखाको सामागाउँ र साम्दो क्षेत्रमा बढ्दो मानव–वन्यजन्तु द्वन्द्व अध्ययन गर्न १८ वटा ट्रयाप क्यामेरा जडान गरिएको छ । पछिल्ला वर्षहरूमा याक, चौँरी र घोडाजस्ता बहुमूल्य घरपालुवा जनावरमाथि रहस्यमय आक्रमण बढेपछि अध्ययन सुरु गरिएको हो ।
मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले पहिलो चरणमा चुमनुब्री गाउँपालिका–१ को सामागाउँ तथा आसपासका उच्च हिमाली क्षेत्रमा क्यामेरा राखेर निगरानी सुरु गरेको एमक्याप गोरखाका सूचना अधिकारी भुवन ओझाले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)