मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गण्डकीमा नयाँ सरकार गठनको समय दिउँसो सकिँदै, पोखरेललाई मुख्यमन्त्री बनाउन ३१ सांसदको समर्थन

nepallive.com · Sat Jun 12 00:35:00 GMT 2021

काठमाडौं- गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि २४ घण्टाको समय आज दिउँसो ३ बजे सकिँदै छ। प्रदेश प्रमुख सिता पौडेलले शुक्रबार २४ घण्टाभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न आह्वान गरेकी थिइन्। बिहीबार विश्वासको मत लिएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बहुमत पुर्‍याउन नसकेपछि सरकार गिरेको थियो। उनी संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए।

मुख्यमन्त्रीले विश्वासको मत नपाएपछि संविधानको १६८ (५) अनुसार दाबी गर्न प्रदेश प्रमुखले आह्वान गरेकी हुन्। उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)