शून्य समयमा सरकारमाथि सांसदको प्रहार
ratopati.com · Mon Jul 06 07:59:08 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले जनताका समस्या र पीडा सम्बोधन गर्न सरकारले कुनै ठोस पहल नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरू ऐनबहादुर महर, रमेशकुमार मल्ल, खुस्बु ओली, आशिका तामाङलगायतले विभिन्न समस्यामा परेका नागरिकलाई राहत दिन सरकार गम्भीर नभएको बताए।
एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले बझाङमा भएको आगलागीबाट ठुलो धनजनको क्षति भएको उल्लेख गर्दै पीडितलाई तत्काल राहत व्यवस्था गर्न माग गरे। विपद्मा परेर गाँस, बास र कपासको अभाव झेलिरहेका नागरिकलाई राहत दिन सरकारले ढिलाइ गरेको भन्दै उनले आपत्ति जनाए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)