निजगढमा श्रीमान्ले गरे श्रीमतीको हत्या
ekantipur.com · Tue Sep 10 17:07:21 UTC 2024
बारा — बाराको निजगढ नगरपालिका ९ भमरा टोलमा मंगलबार राति श्रीमान्ले श्रीमतिको हत्या गरेका छन् । शौच गर्न बसेकी ३८ वर्षीया लक्ष्मी राईलाई उनका श्रीमान् ४२ वर्षीय बिमल बस्नेतले घाँटीमा खुर्पा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको निजगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमित कुशवाहाले बताए ।
बिमलको खुर्पा प्रहारबाट उनकी २ छोरी १७ वर्षीया गंगा राई र जमुना राईसमेत घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)