मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

जितुको ‘आई एम जीत बहादुर’ लाई युनिभर्स सर्टिफिकेट, असार ५ गतेदेखि प्रदर्शनमा

kalakarmi.com · Fri Jun 05 07:49:27 GMT 2026

काठमाडौं – नेपाली फिल्म ‘आई एम जीत बहादुर’ ले युनिभर्स सर्टिफिकेट प्राप्त गरेको छ। सर्टिफिकेट प्राप्त भएसँगै फिल्म अब सम्पूर्ण उमेर समूहका दर्शकले परिवारसहित हेर्न सक्ने भएका छन्।

फिल्म निर्माण टिमले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने जनाएको छ। निर्माण पक्षका अनुसार फिल्मपारिवारिक मनोरञ्जन, कमेडी र ड्रामामा आधारित रहेको छ।

फिल्मको प्रचारप्रसार अभियान पनि तीव्र बनाइएको छ। सार्वजनिक गरिएका प्रचार सामग्री र भिडियोहरूले दर्शकमाझ सकारात्मक उत्सुकता सिर्जना गरेको निर्माण टिमको दावी छ।

नेपाली फिल्म क्षेत्रमा फरक स्वादको कथा प्रस्तुत गर्ने अपेक्षा गरिएको ‘आई एम जीत बहादुर’लाई सम्पूर्ण परिवारले एकसाथ बसेर हेर्न सक्ने गरी निर्माण गरिएको बताइएको छ।

फिल्मअसार ५ गतेदेखि नेपालभरका विभिन्न हलहरूमा प्रदर्शनमा आउनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)

सम्बन्धित विषय