लुम्बिनी प्रदेश बजेट २०८३\०८४ : प्राथमिकता र योजनाहरु
news24nepal.tv · Fri May 22 03:17:22 GMT 2026

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभा बैठकमा विनियोजन विधेयक २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्षको बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने बताइएको छ । बजेटले समावेशी विकास र दिगो आर्थिक वृद्धिलाई प्राथमिकता दिने उल्लेख गरिएको छ । सभामा पाँचौँ वार्षिक प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३\०८४ को बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने जनाएको छ । आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयकका सिद्धान्त प्रस्तुत गर्दै सीमित स्रोतमा यथार्थपरक र परिणाममुखी बजेट ल्याइने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)