सुर्खेतबाट औषधि किन्न नेपालगन्ज धाउँछन् सिकलसेलका बिरामी
ekantipur.com · Tue Nov 11 17:56:41 GMT 2025

वीरेन्द्रनगर — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० का प्रेमबहादुर चौधरी सिकलसेल एनिमियाका बिरामी हुन् । २०७३ सालदेखि यो रोगबाट पीडित उनी कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा उपचार पाउँदैनन् ।
प्रदेश अस्पतालदेखि अन्य निजी अस्पताल भएको वीरेन्द्रनगरमा उपचार नपाउँदा उनलाई नियमित औषधि र उपचारका लागि लुम्बिनी प्रदेशको नेपालगञ्ज पुग्नुपर्ने बाध्यता छ । रोग पहिचान भएदेखि उपचारका लागि नेपालगञ्ज धाइरहेको उनले बताए । औषधि लिन समेत टाढा जानुपर्दा उपचार भन्दा बढी रकम यातायात र बसोबासमा खर्च बढी हुने गरेको प्रेमबहादुरले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)