अस्ट्रेलियाको सिड्नीमना नेपाली युवती मृत फेला
barnanmedia.com · Tue Sep 10 22:02:21 UTC 2024

अस्ट्रेलियाको सिड्नीस्थित एक पार्कमा नेपाली युवती मृत फेला परेकी छन्। गएराति प्रहरीले उनलाई सिड्नीको ब्यस्तमध्येको सेन्ट्रलस्थित एक पार्कमा मृत फेला पारेको हो।
अस्ट्रेलियास्थित नेपाली दूतावासले समेत नेपाल युवती मृत भेटिएको पुष्टि गरेको छ। कार्यवाहक राजदूत कुलराज मगरले नेपाली युवतीको मृत्युको बारेमा जानकारी आएको उल्लेख गरे।झापा घर भएकी २७ वर्षीया नेपाली युवतीको मृत्यु भएको हो। मृतकको बारेमा गोपनीयताका कारण नाम र अन्य विवरण सार्वजनिक गरिएको छैन। उनी विवाह पश्चात करिब ४ महिनाअघिमात्र अस्ट्रेलिया पुगेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)