मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको माग गर्दै विरोध प्रदर्शन गरेका छ सांसद पक्राउ

barnanmedia.com · Tue Sep 10 21:53:05 UTC 2024

जेलमा रहनुभएका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका छ पाकिस्तानी सांसदसहित ३० जनाभन्दा धेरैलाई विरोध प्रदर्शनमा रोक लगाउने नयाँ कानूनअन्तर्गत मङ्गलबार हिरासतमा राखिएको छ ।

खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टीका हजारौँ समर्थक आइतबार राजधानी इस्लामाबादमा भेला भएको एक जुलुसमा अश्रु ग्यास प्रहार गरिएपछि उनीहरूलाई पक्राउ गरिएको हो । पूर्वक्रिकेट खेलाडी खान गत वर्ष अगस्टमा धेरै आरोपमा जेल गएपछि पार्टीले व्यापक आलोचनाको सामना गर्नुपरेको छ । खानले ती आरोप राजनीतिबाट प्रेरित भएको र आफूलाई सत्ताबाट टाढा राख्न डिजाइन गरिएको बताउनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)