मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकार महासंघको चुनाव असोज ५ गते नै गर्न प्रेस चौतारी नेपालद्वारा ध्यानाकर्षण

barnanmedia.com · Tue Sep 10 21:57:12 UTC 2024

प्रेस चौतारी नेपालले पत्रकार महासंघको चुनाव असोज ५ गते नै गर्ने गरी कार्यतालिका प्रकाशनलगायत प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराएको छ ।

महासचिव हिरामान लामाले एक विज्ञप्ति जारी गर्दै निर्वाचनको पूर्वसन्ध्यामा महासंघका अध्यक्ष विपुल पोखरेलको राजीनामापछि विकसित घटनाक्रमप्रति ध्यानाकर्षण भएको जनाएको हो ।विज्ञप्तिमा भनिएको छ, ‘कुनैपनि घटनाक्रमबाट प्रभावित नभई घोषित मिति आगामी असोज ५ गते निर्वाचन सम्पन्न गर्ने गरी कार्यतालिका प्रकाशन लगायत आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सम्बद्ध सबै पक्षलाई प्रेस चौतारी नेपाल अपील गर्दछ ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)