साउदी प्रो लिगमा अल नासरको सहज जित, रोनाल्डोको उत्कृष्ट प्रदर्शन
farakdhar.com · Fri Dec 22 17:14:44 GMT 2023
साउदी प्रो लिगमा अल–एत्तिफाक एफसीविरुद्ध अल नासरले ३–१ को जित निकालेको छ । शुक्रबार राति सम्पन्न खेलमा नासरको जितमा एलेक्स टेल्स, मार्सेलो ब्रोजोभिक र क्रिस्टियानो रोनाल्डोले एक/एक गोल गरे ।
अल–एत्तिफाकका लागि मोहम्मद अल कुवेकिबीले एक गोल फर्काए । खेलमा अल नारसले ४३औँ मिनेटमा एलेक्स टेल्सको गोलमा अग्रता लियो । ५९औँ मिनेटमा मार्सेलो ब्रोजोभिकले गोल गर्दा अल नासर २–० ले अघि बढ्यो । उनले रोनाल्डोको पासमा गोल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)