धनगढीले बाढी र डुबानबाट बच्न खुटिया नदीमा जैविक तटबन्धन गर्दै
rajdhanidaily.com · Tue Sep 10 23:28:20 UTC 2024

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले बाढी र डुबानबाट बच्न खुटिया नदीमा जैविक तटबन्धन गर्न सुरु गरेको छ । खुटिया नदीमा वर्षेनी आउने बाढीबाट धनगढीलगायत क्षेत्र डुवान र कटानबाट प्रभावित हुने भएपछि उपमहानगरले जैविक तटबन्धनको कामको सुरुवात गरेको हो ।
बाढीबाट वर्षेनी हुने डुबान र कटानलाई मध्ये नजर गर्दै मंगलबारबाट वडा नम्बर ७, १२, १५ र १७ भएर बग्ने खुटिया नदीको किनारमा चाप जातको बाँस, अम्रिसो, नेपियर बोट लगाएर जैविक तटबन्धन गर्न थालेको धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)