होटलमा शपथ लिएका मुख्यमन्त्रीलाई सर्वोच्चको लगाम
ekantipur.com · Tue Nov 11 17:56:45 GMT 2025

काठमाडौं,जनकपुर — सर्वोच्च अदालतले मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री एमाले नेता सरोजकुमार यादव र उनको सिफारिसमा गठन भएको मन्त्रिपरिषद्लाई दीर्घकालीन प्रभाव पार्ने नीतिगत निर्णय नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ । मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक रहेको भन्ने प्रश्न उठाइएको उल्लेख गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले मंगलबार अन्तरिम आदेश जारी गरेको हो ।
तत्कालीन मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले शनिबार राजीनामा दिएको भोलिपल्टै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्ति गरेकी थिइन् । संविधानको धारा १६८ (३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताका हैसियतमा यादवलाई मुख्यमन्त्रीमा नियुक्ति गरिएको थियो । प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्री यादवलाई महोत्तरीको बर्दिबासको पानस होटलमा सोमबार बिहान शपथ ग्रहण गराएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)