कांग्रेसको देउवा समूहको बैठक चुनदेवीमा
ratopati.com · Mon Jul 06 08:47:22 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको बैठक चुनदेवीस्थित सम्पर्क कार्यालयमा सुरु भएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा १४औँ महाधिवेशनबाट निर्वाचित आफ्नो समूहका पदाधिकारी र सदस्य तथा पूर्वपदाधिकारी र सदस्यहरूको बैठक सुरु भएको हो ।
नेता डा.प्रकाशशरण महतका अनुसार बैठकमा पार्टीभित्रको आन्तरिक विवादमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुनेछ । समूहको सम्पर्क कार्यालय सोमबारबाट नै बैठक बसेर औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो । सम्पर्क कार्यालयमा आज काठमाडौँमा उपस्थित नेताहरूको बैठक बस्ने डा.महतले जानकारी दिए । ‘यसअघि घरमा रङरोगनको कार्य भइरहेको थियो । अब तयार भएको छ । आज हामी कार्यालयमा भेला भएर बैठक बसिरहेका छौँ,’ डा.महतले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)