कालिन्जोरखोलामा सम्झौताविपरीत उत्खनन
gorkhapatraonline.com · Fri May 22 03:32:06 GMT 2026

सर्लाही, जेठ ८ गते । सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानीगन्जस्थित कालिन्जोरखोलाबाट सम्झौताभन्दा बढी मात्रामा नदीजन्य पदार्थ उत्खनन गरिएको पाइएको छ ।
अनियन्त्रित उत्खनन भइरहेको भन्दै गाउँलेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेपछि लालबन्दी नगरपालिकाले प्राविधिकलाई खटाएर उत्खनन क्षेत्रको नापजाँच गरेको थियो । नापजाँच गर्दा सम्झौताभन्दा १९ हजार घनमिटर बढी गिट्टी, बालुवा निकालिएको पाइएपछि ठेक्का लिने कम्पनीलाई जरिबाना तिराइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेलले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)