नेपाली भूमि लिपुलेकको बाटोबाट मानसरोवर जाँदै भारतीय पर्यटक
kendrabindu.com · Fri May 22 03:36:13 GMT 2026

काठमाडौं । भारतले नेपाली भूमि लिपुलेक हुँदै आफ्ना तीर्थयात्रीलाई कैलाश मानसरोवर पठाउन लागेको छ । नेपालको विरोधलाई बेवास्ता गर्दै भारतको विदेश मन्त्रालयले बिहीबार लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रामा जाने यात्रीको छनोट पूरा गरेको हो।
भारतले ‘कम्प्युटराइज्ड ड्र’ मार्फत तीर्थयात्री छनोट गरेको हो। भारतका विदेशमन्त्री एस जयशंकरले यात्री छनोटका लागि गरिएको ‘कम्प्युटराज्ड ड्र’ सुरु गरेका थिए । जसमार्फत एक हजार छनोट भएका छन्। विदेश मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार २०२६ को जुनदेखि अगस्टसम्म यात्रा हुनेछ। ५० यात्रुको २० समूह बनाएर यात्रा गराइने तयारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)