मुस्ताङका किसानलाई कृषि उपकरण हस्तान्तरण
ratopati.com · Fri Jun 13 18:52:00 GMT 2025

मुस्ताङ। यहाँका किसानलाई अनुदान सहुलियतमा कृषि यान्त्रिक उपकरण वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउ र आलु जोन कार्यक्रम अन्तर्गत यहाँका किसानलाई १६ थरीका कृषि यान्त्रिक उपकरण ५० प्रतिशत अनुदानमा वितरण गरेको हो ।
परियोजनाअन्तर्गत च्याङ्ग्रा जोन, आलु जोन र स्याउ जोन कार्यान्वयनमा छन् । जोनको वार्षिक स्वीकृत कार्यक्रमअनुसार परियोजना कार्यान्वयन एकाइ मुस्ताङले घरपझोङ, थासाङ, वारागुङ मुक्तिक्षेत्र र लोमान्थाङ गाउँपालिकाका किसानलाई मागका आधारमा ५० प्रतिशत अनुदान दिने गरी कृषि यान्त्रिक उपकरण वितरण गरिएको परियोजना कार्यान्वयन एकाइ मुस्ताङका कार्यालय प्रमुख भरतराज गौतमले जानकारी दिए । उनका अनुसार चालु वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुरूप आज मुस्ताङका किसानलाई कृषि यान्त्रिक उपकरण वितरण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)