नेपाल र अमेरिकाबिचको खेल : टसमा ढिलाइ
ratopati.com · Fri May 22 03:39:11 GMT 2026
काठमाडौँ । सन् २०२७ मा हुने एकदिवसीय विश्वकप छनोटको यात्रामा महत्त्वपूर्ण मानिएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज नेपाल र अमेरिका कीर्तिपुरमा भिड्दैछन्। नेपाली समय अनुसार बिहान ९:३० बजे सुरु हुने भनिएको खेल खराब मौसमका कारण हालसम्म टस हुन सकेको छै ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण अङ्क जोड्ने सुवर्ण अवसर हो। यो खेलले लिग २ को अङ्क तालिकामा निकै ठुलो महत्त्व राख्दछ। यस प्रतियोगिताको अन्त्यमा शीर्ष चार स्थानमा रहने टोलीहरूले सन् २०२७ को ओडीआई विश्वकप छनोटमा सिधै स्थान सुरक्षित गर्नेछन् भने बाँकी टोलीहरू कठिन प्ले-अफ मार्गमा धकेलिनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)