पूर्णाङ्क नघटाउन र शुल्क २ हजार बनाउन मागसहित आइओईमा ताला
onlinekhabar.com · Mon Jul 06 08:54:23 GMT 2026

२२ असार, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले ३ बुँदे माग राखेर रिले अनसन सुरु गरेको छ। धर्नामा बसेका विद्यार्थीहरूले डीन कार्यालयमा अनिश्चितकालीन तालाबन्दी समेत गरेका छन् । सूचना प्रविधि केन्द्रमा पनि ताला लागाइएको छ ।
‘विद्यार्थीहरूको जायज मागप्रति सम्बन्धित निकायले गम्भीरता नदेखाएको, पटक–पटक ध्यानाकर्षण गराउँदा पनि ठोस निर्णय नआएकोले धर्नामा बस्नु परेको हो,’ स्ववियु उपाध्यक्ष रोशन साउदले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)