रोनाल्डोको अहंकारले पोर्चुगललाई बन्धक बनाइरहेको इब्राहिमोभिचको दाबी
nepalpress.com · Mon Jul 06 08:54:35 GMT 2026
काठमाडौं । फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोमाथि पूर्वफुटबलर ज्लाटन इब्राहिमोभिचले गरेको कठोर आलोचना अहिले निकै भाइरहल भइरहेको छ । पोर्चुगलका कप्तान रोनाल्डोको नेतृत्वमाथि नै ज्लाटनले गम्भीर प्रश्न उठाएका छन् ।
ज्लाटनका अनुसार ४१ वर्षीय रोनाल्डो अहिले आफ्नो क्षमताका कारण नभई विगतका प्रदर्शनको ब्याजका भरमा टोलीमा परिरहेका छन् । ज्लाटनका अनुसार क्रोएसियाविरुद्ध वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेर निर्णायक गोल गरेका गोन्जालो रामोसलाई पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले रोनाल्डोको स्थानमा अगाडि बढाउन आवश्यक छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)