दोस्रो दिन नै सेलायो यशको ‘टक्सिक’
ratopati.com · Fri Aug 28 07:03:23 GMT 2026

नयाँ दिल्ली । कन्नड सुपरस्टार यश अभिनीत फिल्म ‘टक्सिकः अ फेयरी टेल फर ग्रोन–अप्स’ बुधबार थिएटरमा रिलिज भयो । समीक्षक र दर्शकहरूबाट मिश्रित समीक्षा पाएपनि यसले फिल्मको कमाईमा धेरै असर पारेको देखिँदैन । यो एक्सन थ्रिलरले ओपनिङमै १०० करोड भारु बक्स अफिस कलेक्शन गरेको थियो । यद्यपि, दोस्रो दिन यसको कमाईमा उल्लेखनीय गिरावट आएको छ ।
व्यापार वेबसाइट स्याकनिल्कको तथ्याङ्कअनुसार बिहीबार राति १० बजेसम्म भारतमा फिल्मले ३६ करोड ४० लाख भारु कमाएको छ । यो अघिल्लो दिनको तुलनामा ६४ प्रतिशत कम हो । पहिलो दिनको फिल्मको अकुपेन्सी ५६ दशमलव १ प्रतिशत थियो । तर दोस्रो दिनमा यो घटेर २६ दशमलव ६ प्रतिशतमा समेटिएको छ । रोचक कुरा के छ भने, कन्नडको तुलनामा फिल्मले हिन्दी बेल्टमा राम्रो प्रदर्शन गरिरहेको छ । हिन्दी पछि, फिल्मको तेलुगु संस्करणले राम्रो प्रतिक्रिया पाइरहेको छ । उता, तमिल र मलयालममा कमाई सुस्ताएको छ । दुई दिनमा भारतमा फिल्मको कुल कलेक्सन १३७ करोड ५० लाख भारु पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)