भारत लैजान लागेको ४ केजी अफिम सहित दुई जना पक्राउ
ratopati.com · Fri Jun 26 17:39:52 GMT 2026

काठमाडौँ । भारत लैजान लागेको ४ केजी ४२० ग्राम अफिम सहित प्रहरीले दुई जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–४ घर भएका ५४ वर्षीय राज कुमार लामा र हेटौँडा उपमहानगरपालिका–१५ घर भएका ४० वर्षीय राज कुमार तितुङ छन् ।
शुक्रबार आरोपीहरूलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४ बाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुबास बोहराले जानकारी दिए । उनीहरूले लागुऔषध आफिम (चोप) संकलन गरेर भारत तर्फ लाँदै थिए । आरोपीहरूबारे थप अनुसन्धान गर्न ब्युरोले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
नेपाल प्रहरी