विपद् प्रतिकार्य योजना स्वीकृत
barnanmedia.com · Fri Jun 13 21:43:39 GMT 2025

जिल्ला विपद् व्यवस्थापन समिति तनहुँले विपद् पूर्वतयारी तथा प्रतिकार्य, मौसमजन्य विपद् प्रतिकार्य र राजमार्ग अवरोध हटाउने कार्ययोजना २०८२ स्वीकृत गरेको छ । मनसुनको समय नजिकिँदै गरेकाले वर्षाले जिल्लामा हुन सक्ने क्षति न्यूनीकरणका लागि पूर्वतयारी स्वरूप समितिले प्रतिकार्ययोजना स्वीकृत गरेको समितिका संयोजक अध्यक्ष प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारले जानकारी दिनुभयो ।
जिल्लामा हुन सक्ने सबै प्रकारका विपद्, विपद्का सम्भावित क्षेत्र, जोखिम न्यूनीकरण गर्न गर्न सकिने उपाय, विपद् घटेमा सम्बोधन गर्न परिचालन हुने निकाय, स्रोतसाधनको पर्याप्तका बारेमा समेटेर विपद् प्रतिकार्य योजना बनाइएको उहाँले बताउनुभयो । तनहुँ जिल्ला बाढीपहिरोको उच्च जोखिममा रहेकाले विपद् न्यूनीकरणका लागि कार्ययोजना बनाएर अगाडि बढेको उहाँलेले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)