चार जिल्लाका ११ स्थानीय तह‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै
barnanmedia.com · Fri Jun 13 21:48:29 GMT 2025

ग्रेटर मुन्दुम पदमार्ग’ विस्तार हुने भोजपुरसहित चार जिल्लाका ११ थानीय तहबीच समन्वयत्मक पर्यटन प्रवर्द्धन बैठक सम्पन्न भएको छ । यहाँका पदमार्ग विस्तार हुने स्थानीय तहका जनप्रतिधि, पर्यटन व्यवसायी, उद्यमी, होटल व्यवसायी र पदमार्गमा आधारित पर्यटन विकासका परियोजनाबीच समन्वत्मक बैठक गरिएको हो ।
बैठकमार्फत विस्तार भइरहेको पदमार्गलाई व्यवस्थितसँगै सांस्कृति सम्पदाको संरक्षण तथा जर्गेणा हुने गरी काम गर्ने निर्णय गरिएको छ । हतुवागढी, रामप्रसादराई र आमचोक गाउँपालिकाको संयुक्त आयोजनामा घोडेटारमा भएको अन्तरपालिकाबीचको सरोकारवालाको बैठकमा सुनसरीको बराहक्षेत्र नगरपालिका, उदयपुरको वेलका नगरपालिका, खोटाङको साकेला गाउँपालिका र केपिलासगढी गाउँपालिकाको सहभागिता रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)