मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फेरि मुद्दाविहीन बन्यो रास्वपा, सडकमा पनि जान नसक्ने अवस्थामा

barnanmedia.com · Fri Jun 13 22:00:37 GMT 2025

पूर्वसञ्चारकर्मी रवि लामिछानेले खोलेको दल रास्वपा फेरि मुद्दाविहीन बनेको छ। पार्टी गठनको ६ महिनामै २१ सिट जितेर चौथो शक्ति बनेपछि सत्तामा पुगेको रास्वपा गत वर्ष असारदेखि विपक्षमा छ। सत्तामा छँदा रवाफमा रहेका रास्वपाका नेताहरू अहिले छिन्नभिन्न भइसकेका छन्। प्रतिपक्षमा पुग्दा रास्वपा झनझन ओरालो यात्रामा छ।

पार्टी सभापति रवि सहकारी ठगीमा गत कात्तिकमा पक्राउ परेपछि रास्वपाले ६ महिनासम्म सोही मुद्दा बनायो। एउटा होइन् चारवटा जिल्लामा सहकारी ठगीमा संलग्न भएको र मुद्दा चल्दा पनि सरकारले राजनीतिक प्रतिशोध साधेको भनेर अफवाह फैलाएका रास्वपा नेताहरू त्यतिखेर चुप हुन पुगे, जब उच्च अदालत तुलसीपुर, बुटवल इजलासले सुप्रिम सहकारीमा पुर्पक्षका लागि थुनामा पठाइदियो। गत चैतबाट पुर्पक्षका लागि रवि थुनामा पुगेपछि रास्वपाले विरोध गरेपनि अदालतमाथि सिधै प्रश्न गर्ने हिम्मत राख्न सकेन। बरु सरकारमाथि भने प्रश्न उठाइरहेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)