साउदी र यूएईमा पनि चर्को घाममा काममा लगाउन निषेध
rajdhanidaily.com · Fri Jun 13 23:08:24 GMT 2025
काठमाडौं । खाडी मुलुकमा गर्मी बढेसँगै श्रमिकलाई खुला स्थानमा काम गर्न प्रतिबन्ध लगाउन थालिएको छ । साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले भोलि १५ जुनदेखि सबै निजी क्षेत्रका कम्पनी र प्रतिष्ठानले चर्को घाममा काम गर्ने प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
मन्त्रालयले व्यावसायिक सुरक्षा तथा स्वास्थ्य राष्ट्रिय परिषद्को सहकार्यमा आगामी १५ सेप्टेम्बरसम्म दिउँसो १२ देखि ३ बजेसम्म काम गर्न प्रतिबन्ध लगाउने जनाएको छ । मन्त्रालयले यो निर्णय निजी क्षेत्रका कामदारको सुरक्षा र स्वास्थ्य संरक्षण गर्ने उद्देश्यले गरिएको जनाएको छ । यस निर्णयले प्रत्यक्ष घाममा खुला ठाउँमा काम गर्न प्रतिबन्ध लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)