टस जितेर पहिले बलिङ गर्ने अमेरिकाको निर्णय
nepalnews.com · Fri May 22 04:07:08 GMT 2026
काठमाडौँ। आईसीसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा खेल हुँदैछ।
अमेरिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। नेपालले पछिल्लो जितपछि आफ्नो टोलीमा कुनै परिवर्तन गरेको छैन। लिग-२ अन्तर्गत बाँकी खेलहरू जित्नुपर्ने दबाबका कारण आजको खेल नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)